परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया मामिलाका सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गर्नुभएको छ ।
मन्त्रालयमा आज शुक्रवार भएको भेटमा उहाँहरूबीच द्विपक्षीय आर्थिक र विकास सहयोग, खाद्य सुरक्षा, कोभिड–१९ विरुद्धको खोपलगायत सहयोगका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
हिजाे बिहीवार बेलुकी नेपाल आउनुभएका सहायक विदेशमन्त्री लुले यसअघि पनि गएकाे मङ्सिरमा नेपालको भ्रमण गरिसक्नुभएको छ । यो पटकको भ्रमणका अवसरमा उहाँले विभिन्न व्यावसायिक, नागरिक तथा सरकारी नेतृत्वसँग नेपाल–अमेरिकाबीचको ७५ वर्षे लामो मित्रताका विविध आयामलगायत विषयमा कुराकानी गर्नुहुने काठमाण्डाैमा रहेकाे अमेरिकी दूतावासले जनाएको छ ।
सहायक विदेशमन्त्री लुले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नुहुने बताइएको छ ।
प्रतिक्रिया