×

पोखरामा भेटियो सिन्धुलीबाट बेपत्ता परिवार

images

काठमाडौँ । सिन्धुलीबाट बेपत्ता भएका भनिएका एकै परिवारका १६ जना  पोखरामा भेटिएका छन् । प्रहरीको खोजीमा रहेका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट एकै परिवारका १६ जना पोखरा भेटिएका हुन् । 

गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार ४ दिनदेखि सम्पर्कविहीन भएको प्रहरीमा खबर पुगेपछि खोजी शुरु गरिएको थियो ।

प्रहरीले खोजी गर्दै जादा उनीहरू गत शनिबार नै पोखरास्थित लेकसाइडको होटल जननीमा पुगेको भेटिएको छ । उनीहरु शनिबार सो होटलमा बसेर आइतबार होटल छोडेको प्रहरीले पत्ता लगाएको छ । प्रहरीले अहिले उनीहरु पोखरा-३० मा भेटिएको बताएको छ ।

मङ्गलबार १४ साउन २०८२ ०९:१५ AM मा प्रकाशित

प्रतिक्रिया