काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार , देशभरका शिवलायमा भक्तजनको घुइँचो लागेको छ ।
शिवालयमा आज भगवान शिवलाई मनपर्ने बेलपत्र, जल, पञ्चामृत चढाई पूजाअर्चना गर्ने गरिन्छ ।आराध्यदेव पशुपतिनाथ, महोत्तरीको जलेश्वर, दोलखाको भीमेश्वर, पर्साको पारसनाथ, पनौतीको भालेश्वर, डडेल्धुराको भाग्येश्वर, सप्तरीको भजनेश्वर, कैलालीको बेडाबाबा र रुपन्देहीको मनौरी महादेव, कपिलबस्तुको तौलेश्बरनाथ,अर्घाखाचि पाल्पा,गुल्मी लगायतका जिल्लाका बिभिन्न शिवालयमा साउन महिनाभर नै महादेवको विशेष उपासना गर्न श्रद्धालुुहरूकोे भीड लाग्ने गर्दछ ।
साउनभर ब्रतालु, भक्तजनको चाप बढ्ने भएकाले साउनभरको सोमबारका लागि शिवालय हरुमा विशेष तयारी गरिएको छ । साउनमा बोलबम तीर्थयात्री पनि आउने भएकाले विशेष तयारी गरिन्छ । साउनको सोमबार व्रत बसी भगवान शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । विवाहित महिलाले श्रीमान्को दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य वरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम सुख, शान्ति एवं समृद्धिका लागि साउन महीना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन र्धािमक ग्रन्थमा रहेको बताउनु भयो । साउन महिना रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनको शिवालयमा भिड लाग्ने गर्दछ । साउन महीना र सोमबार भगवान् शिवको महीना एवं बार भएकाले बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने र्धािमक विश्वास छ ।
पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गरिन्छ ।
प्रतिक्रिया