हराइरहेको तारा एअरको विमानको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
‘हामीले एउटा हेलिकप्टर पठाइसक्यौँ, नेपाली सेनाको हेलिकप्टर पनि आउँदै छ’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले भन्नुभयो । उहाँका अनुसार विमान सम्पर्कविहीन अवस्थामा नै छ । केहीले मुस्ताङको लेतेमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको भने पनि त्यो पुष्टि नभएको उहाँले बताउनुभयो ।
बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोम उडेको तारा एअरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको हो । विमानमा ३ जना चालक दलका सदस्य र १९ जना यात्रु रहेका तारा एअरका प्रवक्ता सुदर्शन गड्तौलाले उज्यालोलाई जानकारी दिनुभयो ।
विमानका क्याप्टेन प्रभाकर घिमिरे रहेका पनि गड्तौलाले जानकारी दिनुभयो ।
प्रतिक्रिया