×

लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा ‘निर्वाण पथ’ प्रवर्द्धन गरिने

images

काठमाडौँ –सरकारले लुम्बिनी-मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा आधारित ‘निर्वाण पथ’ प्रवर्द्धन गर्ने भएको छ।

images

कुन मन्त्रालयलाई कति बजेट?

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपौयाँको बजेट सार्वजनिक गरेको छ। शुक्रबार संघीय संसदमा आगामी आर्थिक...

सङ्घीय संसद्को संयुक्त बैठकमा आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा ध्यान, साधना, योग, बौद्ध–वैदिक दर्शन तथा मनाङ, मुस्ताङ र म्याग्दीको हिमाली सांस्कृतिक अनुभवलाई एकीकृत गरिने उल्लेख छ।

images

यस्तो छ आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठ)

काठमाडाैं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट घोषणा गरेका छन्। उनले सार्वज...

त्रिवेणीधामदेखि दामोदर कुण्डसम्मको क्षेत्रलाई शालिग्राम पथका रूपमा विकास गर्ने भएको छ। देवघाट, त्रिवेणीधाम, रुरुक्षेत्र, कागबेनी, मुक्तिनाथ र दामोदर कुण्ड क्षेत्रसम्मको भागलाई विकास गरी शालिग्राम पथ निर्माण गर्न लागिएको उल्लेख छ। विश्वमै कालीगण्डकी नदीमा मात्र शालिग्राम पाइन्छ।

कालीगण्डकी नदीकिनारका प्रमुख तीर्थस्थललाई समेटेर सरकारले शालिग्राम पथ निर्माण गर्न लागेको हो। सिद्धार्थ राजमार्गलाई अन्तरराष्ट्रियस्तरको मापदण्डमा विकास गरी कालीगण्डकी सभ्यताको विकास गरी विश्वभरका धार्मिक पर्यटकलाई आकर्षित गर्नेगरी सरकारले योजना बनाएको छ। कालीगण्डकी नदीकिनारका तीर्थलाई चतुर्भुजीय स्वरुपमा विकास गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ।

नेपाललाई योग, ध्यान एवं आरोग्य पर्यटनको केन्द्रका रुपमा विकास गरिने पनि अर्थमन्त्री वाग्लेले बताए। सुदूरपश्चिम क्षेत्रका रामारोशन, खप्तड, बडिमालिका, शैलेश्वरी, उग्रतारा र मल्लिकार्जुन क्षेत्र समेटी सुदूरपश्चिममा विशिष्ट ‘पर्यटकीय चतुर्दिक’ विकास अघि बढाउने कार्यक्रम पनि बजेट वक्तव्यमा उल्लेख छ।

मध्यपहाडी राजमार्गसँग ओलाङ्चुङगोला, किमाथाङ्का, तातोपानी, रसुवागढी, कोरला, हिल्साजस्ता उत्तरी पर्या–व्यापारिक गन्तव्यहरूसँग जोड्ने लक्ष्य राखी संस्कृतिसँग जोड्ने कार्यक्रम बनाइएको छ।

धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण लुम्बिनी क्षेत्रको बृहत् पूर्वाधार विकासका लागि रु ८३ करोड बजेट विनियाजन गरिएको छ। तिलौराकोट, कपिलवस्तु, रामग्राम र देवदह क्षेत्रमा पूर्वाधार निर्माण गरी धार्मिक पर्यटन प्रवर्द्धनका लागि काम गरिने पनि अर्थमन्त्री वाग्लेले बताए। आदिवासी जनजाति समुदायको संस्कृति प्रवर्द्धनका लागि कीर्तिपुर सङ्ग्रहालय विस्तार गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ।

शुक्रबार​ १५ जेठ २०८३ ०९:०१ PM मा प्रकाशित

प्रतिक्रिया