×

उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धम्की नदिनु- निर्वाचन आयाेग

images

निर्वाचन आयोगले उम्मेदवारको मनोनयन फिर्ता गराउन डर, धाक, धम्की नदिन भनेको छ । आयोगले आज शुक्रवार विज्ञप्ति निकालेर कतिपय उम्मेदवारलाई मनोनयन फिर्ता गराउन डर, धाक, धम्की, प्रलोभन र धरपकड गरेको सूचना आएको भन्दै यसमा आफ्नाे गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

उम्मेदवारले आफूलाई फिर्ता लिन इच्छा लागेमा राजीखुसीले लिखित सूचना दिएमा उम्मेदवारी फिर्ता हुन सक्ने भन्दै आयोगले उम्मेदवारी दर्ता गरेर चुनावी प्रक्रियामा भाग लिन पाउने जो कसैको पनि अधिकार नखोस्न भनेको छ ।

गठबन्धनमा आबद्ध दलहरूले स्वतन्त्र उम्मेदवारी दिएकाहरूलाई मनोनयन फिर्ताका लागि दबाब दिइरहेको खबरहरु सार्वजनिक भइरहेको बेला आयोगको यस्तो विज्ञप्ति आएको हो । 

शुक्रबार​ १६ बैशाख २०७९ ०४:२६ PM मा प्रकाशित

प्रतिक्रिया