×

ओलीमाथि अनुसन्धान हुँदा राजनीतिक आग्रह–पूर्वाग्रह नराखि निष्पक्ष र स्वतन्त्र ढंगले होस् : प्रचण्ड

images

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निष्पक्ष ढंगले एमाले अध्यक्ष केपी ओलीमाथि अनुसन्धान हुनुपर्ने बताएका छन् ।

आइतबार नेकपा कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले राजनीतिक आग्रह–पूर्वाग्रह नराखि निष्पक्ष र स्वतन्त्र ढंगले एमाले अध्यक्ष केपी ओलीमाथि अनुसन्धान हुनुपर्ने बताएका हुन् । 

‘कहिँकतै राजनीतिक आग्रह पूर्वाग्रह नहोस् । निष्पक्षता कायम होस् र स्वतन्त्र ढंगले होस् भन्ने कुरा भनिसकिएको छ,’ प्रचण्डले भने ।

त्यस्तै प्रचण्डले पूर्वप्रधानमन्त्रीहरुको सम्पती छानबिन गर्ने विषय आफुहरुले नै यसअघि संसदबाट उठाएको बिषय भएको उल्लेख गरे । पूर्वप्रधानमन्त्रीहरुको सम्पती छानविनमा सहयोग हुने उनको भनाइ छ । ‘यो त मैले नै पहिला पार्लियामेन्टमा भनेको हो, सबैको छानबिन होस् भनेर भनेको हुँ,’ प्रचण्डले भने ।

प्रचण्डले सरकारले अघि सारेको शासकीय सुधारका १०० बुँदे विषय आफूले हेर्न नपाएको भन्दै विस्तृत रुपमा हेरेपछि प्रतिक्रिया दिने बताए ।

आइतबार​ १५ चैत २०८२ ०८:२५ PM मा प्रकाशित

प्रतिक्रिया