×

रास्वपाले तीन मन्त्री र एक राज्यमन्त्री पाउने सम्भावना

images

काठमाडौं । मन्त्रालय बाँडफाँटका लागि बोलाइएको सत्ता साझेदार दलहरुको बैठक स्थगित भएको छ ।

तयारी नपुगेकाले बैठक स्थगित भएको नेताहरुले बताएका छन् । प्रधानमन्त्री  प्रचण्डले बुधबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेट गरेका थिए ।


एक नेताका अनुसार मन्त्रालय भागवण्डाको प्रारम्भीक खाका बनेको छ । जसअनुसार गठबन्धनको सबभन्दा ठूलो दल एमालेले ९ देखि १० वटा मन्त्रालय पाउनसक्छ । यद्यपि एमालेको दाबी १२ छ । 

यस्तै ७ मन्त्रालय दाबी गरेको माओवादीले ५ वटा पाउने सम्भावना छ । माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।

रास्वपालाई तीन मन्त्री र एक राज्यमन्त्री दिने तयारी छ । रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भइसकेका छन् र रास्वपाको दाबी ५ वटा मन्त्रालयमा छ ।

एकीकृत समाजवादीलाई २ देखि ३ वटा मन्त्रालय दिएर सरकारमा ल्याउने प्रयास भइरहेको एक नेताले बताए । त्यसो भएमा जसपा र जनमत पार्टीले भने २–२ वटा मत्रालय पाउने सम्भावना छ ।

बुधबार १३ पुस २०७९ ०४:११ PM मा प्रकाशित

प्रतिक्रिया