काठमाडौँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले 'कम्युनिष्ट पार्टी नेपाल' नामक दल दर्ता गर्न निर्वाचन आयोग पुगेको छ । मंगलबार नेकपाका प्रवक्ता प्रकाण्डसहित आयोगमा पुगेका नेताहरुले 'कम्युनिष्ट पार्टी नेपाल' दल दर्ताको निवेदन दिएका हुन् ।
प्रकाण्डले जेनजी आन्दोलनपछि परिस्थिति फरक भएको भन्दै फागुन २१ को निर्वाचनमा भएका जटिलताका बिचमा आफुहरु दल दर्ता गर्न आएको बताएका छन् । उनले देश र जनताको आवश्यकता र हितलाई केन्द्रमा राखेर आफुहरु आयोगमा दल दर्ता आएको बताए ।
प्रकाण्डले आफुहरु आयोगमा आएर दल दर्ता गर्ने प्रक्रियामा आउनु ऐतिहासिक भएको बताउदै यसले निर्वाचन समयमा हुने र देशमा चुनावको माहोल बन्ने दाबि पनि गरेका छन् ।
प्रतिक्रिया