×

आक्रमण गर्ने जंगली हात्तीको दाह्रा निकालियो

images


पर्सा राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रभित्र विहिबार घाँस दाउरा गर्न  गएकी स्थानिय महिलामाथि आक्रमण गर्ने जंगली हात्तीको दाह्रा काटिदिएको छ । निकुञ्जले आज बिहान प्राविधिक टोलीको सहयोगमा डार्ट विधिवाट जंगली हात्तीको दुईवटा दाह्रा निकालेको हो ।

निकुञ्जले विज्ञप्ती जारी गरेर जंगली हात्तीलाई बेहोस गरेर डार्ट विधिबाट दाह्रा निकालेर पुनः होस् आएपछि जंगलमा छोडिएको जनाएको हो । सो जंगली हात्तीले बिहीबार जितपुरसिमरा उपमहानगर वडा नं २१ कि ५१ वर्षिय रुकैया खातुनलाई मध्यवर्ती क्षेत्रभित्र बाख्रा चराउने क्रममा आक्रमण गरेर गम्भिर घाइते बनाएको थियो । 

उनको पछि उपचारको क्रममा मृत्यु भएको थियो । पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोकरामले जंगली हात्तीले करिव २० दिनदेखि अमलेखगञ्ज क्षेत्रमा स्थानीयहरुलाई त्रसित बनाएको र जंगली हात्तीको आक्रमणको जोखिम भएकोले बाध्य भएर डार्ट गरेर दाह्रा निकाल्नुपरेको बताएका छन् ।

शुक्रबार​ ११ कात्तिक २०७९ ०५:०३ PM मा प्रकाशित

प्रतिक्रिया