×

नेप्सेमा सामान्य सुधार

images

काठमाडौं । नेप्से परिसूचक ३ दशमलव ८० अंकले बढेर २ हजार ७ सय ८६ दशमलव ४० अंकमा बन्द भएको छ । आज बुधबारको अघिल्लो दिनको तुलनामा यो ०.१३ प्रतिशतले बढी हो ।

अघिल्ला दुई कारोबार दिन लगातार घटेको नेप्सेमा बुधबार सामान्य सुधार भएको हो । नेप्से परिसूचक तीव्र उतारचढाव हुँदै गर्दा अन्तिम समयमा भने वृद्धि भएर बजार बन्द भएको हो ।  बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये बैकिङ, होटेल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, सामूहिक लगानी कोष र अन्यको परिसूचक बढे । बाँकी उपसमूहको परिसूचक घटे ।

यस्तै नेप्सेका अनुसार बुधबार ३ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यस्तै यसदिन सबैभन्दा धेरै चन्द्रागिरी हिल्सको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । आज करोड ५० लाख कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ७२ करोड हाराहारीको कारोबार भएको नेप्सेले जनाएको छ ।

बुधबार १२ भदौ २०८१ ०८:२९ PM मा प्रकाशित

प्रतिक्रिया