×

आज कति छ सुनचाँदीको मुल्य ?

images

काठमाडौँ, साउन १२ — नेपाली बजारमा मंगलबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। सोमबार तोलामा एक हजार चार सय रुपैयाँले बढेको सुनको भाउ मंगलबार भने एकैदिन प्रतितोला चार हजार तीन सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार दुई सय रुपैयाँमा किनबेच भइरहेको छ। यसअघि सोमबार सुन प्रतितोला दुई लाख ८८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १३५ रुपैयाँले घटेर मंगलबार चाँदी प्रतितोला चार हजार तीन सय १० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला चार हजार चार सय ४५ रुपैयाँमा किनबेच भएको थियो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

मङ्गलबार १२ साउन २०८३ ११:४१ AM मा प्रकाशित

प्रतिक्रिया