काठमाडौँ । आजको सेयर कारोबारमा नेप्सेको कारोवार प्रणालीमा खराबीले अंक फरक देखिएको छ । प्राविधिक कारणले फरक अंक देखिएको भन्दै नेप्सेले आज सेयर ७.१० अंकले बढेको जानकारी दिएको छ ।
नेप्सेले भनेको छ- 'कारोवार समय पश्चात परिसूचकको भारित औषत गणना गर्ने क्रममा प्राबिधिक कारणले फरक अंक देखिएकोमा उक्त समस्या समाधान गरिएको व्यहोरा अनुरोध गर्दछौं । यसबाट सम्पूर्ण सरोकारवालामा पर्न गएको असुविधाको लागि क्षमा प्रार्थी छौँ ।
नेप्सले आजको सेयर ७.१० अंकले बढेर २९७१.३१ विन्दुमा रोकिएको जनाएको छ ।
प्रतिक्रिया