×

प्रचण्ड र नेपालबीच आजपनि भेटवार्ता

images

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा समाजवादी मोर्चाको गतिविधि, विभिन्न विधेयकलगायतका विषयमा छलफल भएको नेताहरूले जनाएका छन्। 

यस अघि आइतबारपनि दुवै नेताहरुबीच भेटवार्ता भएको थियो । एकीकृत समाजवादीका नेता प्रकाश ज्वालाले समाजवादी मोर्चाको बैठक मंगलबार बस्ने र त्यसको तयारीको विषयमा छलफल भएको जानकारी दिएका छन् । साथै दुई पार्टीका कार्यकर्ताबीचको सहकार्यलाई व्यवस्थित गर्दै लैजाने विषयमा समेत छलफल भएको ज्वालाले जानकारी दिए । 

 

सोमबार १३ साउन २०८२ ०८:४७ PM मा प्रकाशित

प्रतिक्रिया