×

गठबन्धनको बैठक बालुवाटारमा सुरु -- मन्त्रालय बाँडफाँटबारे छलफल हुदँ

images


काठमाडौं । सरकार सर्मथित १० दलीय दलीय गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। 

पूर्वनिर्धारित कार्यक्रम अनुसार अपरान्ह सुरु भएको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भैरहेको छ । 
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष

माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई,  जनता समाजवादी पार्टी जसपाका राजेन्द्र श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, लोसपाका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायत नेताहरु पनि बैठकमा सहभागी छन्।
 

मङ्गलबार १४ चैत २०७९ ०६:१० PM मा प्रकाशित

प्रतिक्रिया