×

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखेकलाई भद्रकाली पुर्‍याइयो

images

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखेकलाई पक्राउ गरेर प्रहरी परिसर भद्रकाली पुर्याइएको छ । आज बिहान गुन्डुस्थित निवासबाटै पक्राउ परेका ओली र कटुञ्जेबाट पक्राउ परेका लेखकलाई काठमाडौं प्रहरी परिसरमा ल्याइएको हो ।

ओलीलाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक खड्काको कमाण्डमा खटिएको टोली बिहान ५ बजे गुण्डु पुगेका थियो । पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली राती नै कटुञ्जे पुगेको थियो ।

जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनसँगै सरकारले तत्कालीन राजनीतिक नेतृत्वलाई चाँडै नै कारबाहीको दायरामा ल्याउने गृहकार्य थालेको छ । बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले आयोगको सिफारिस तत्काल लागू गर्ने निर्णय गरेसँगै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ परेका हुन् ।

शनिबार १४ चैत २०८२ ०८:४२ AM मा प्रकाशित

प्रतिक्रिया