×

बंगलादेश प्रिमियर लिग- पहिलो खेलमा वारियर्स विजयी, सन्दीपले लिए दुई विकेट

images

काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल) को उद्घाटन खेलमा नेपाली स्टार सन्दीप लामिछाने आबद्ध राजशाही वारियर्सले विजयी सुरुवात गरेको छ ।राजशाहीलाई ८ विकेटको जित दिलाउन सन्दीपले बलिङमा उत्कृष्ट प्रदर्शन गरे ।

सिल्हेट टाइटन्सले पहिले ब्याटिङ गर्दै १९१ रनको लक्ष्य दिएको थियो । राजशाहीले केवल २ विकेट क्षतिमा २ बल अगाडि लक्ष्य भेट्यो ।

राजशाहीका कप्तान नाजमुल हुसैन सान्टोले उत्कृष्ट शतक हानेका थिए । उनले ६० बलमा अविजित १०१ रन हान्दै टिमलाई जितसम्म पुर्‍याए । उनलाई मुस्फिकर रहिमले अर्धशतक बनाउँदै साथ दिए ।

दुवैतर्फका बलरहरुले संघर्ष गरेको म्याचमा सन्दीपले आफ्नो उत्कृष्टता देखाउन सफल भए । स्पिनरहरूलाई पिचले खासै सहयोग नगरेको भए पनि उनले दुई महत्त्वपूर्ण विकेट लिएका थिए । सन्दीपले ओभरमा ३८ रन खर्चिए ।

 

शनिबार १२ पुस २०८२ ०८:४९ AM मा प्रकाशित

प्रतिक्रिया