×

पूर्वसभामुख महरालाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

images

काठमाडौँ । पूर्वसभामुख तथा नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

इलेक्ट्रिक सिगरेट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका महरालाई बिहीबार उच्च अदालतका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले महरालाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

महरालाई यसअघि काठमाडौं जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उच्च अदालतले जिल्ला अदालतको आदेशलाई बदर गर्दै महराको उमेर, स्वास्थ्य अवस्था र मिसिलमा देखिएका प्रमाणहरूका आधारमा थुनामा राखिराख्न नपर्ने ठहर गर्दै धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

इ–सिगरेटमार्फत सुन तस्करी प्रकरणमा महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले असोज २६ गते पक्राउ गरेको थियो । त्यसपछि असोज २९ गते जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

बिहीबार १२ मंसिर २०८२ ०४:५५ PM मा प्रकाशित

प्रतिक्रिया