काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ । विहिबार सम्पन्न खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको हो ।
लुम्बिनीले दिएको १४४ रनको लक्ष्य पछाएको सुदूरपश्चिम रोयल्सले १८.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्बाधिक ६९ रन बनाए भने आरिफ सेखले ३९ रनको योगदान दिएका थिए । त्यस्तै लुम्बिनीका बलर रुबेन ट्रम्पेलम्यान, अभिषेक गौतम र तिलक भण्डारीले एक एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लुम्बिनीले १९.४ ओभरमा अल आउट हुदै १४३ रन बनाएको थियो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३५ रन बनाए भने दिलिप नाथले ३१, डि आर्ची शर्ट र सुमित महर्जनले १८-१८ रन बनाएका थिए । त्यस्तै सुदूरपश्चिमका बलर अविनाश बोहोरा र हरमित सिंहले ३-३ विकेट लिएका थिए भने हेमन्त धामीले २ र स्कट कुगेलाइनले एक विकेट लिएका थिए ।
यो सुदूरपश्चिम रोयल्सको लगातार चौथो जित हो । सुदूरपश्चिमको ४ खेलमा ८ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै लुम्बिनीको भने यो तेस्रो हार हो । ४ खेलमा लुम्बिनीले केवल एक खेल जितेको छ भने तीन खेलमा हार बेहोरेर केवल २ अंक बटुलेको छ ।
प्रतिक्रिया