×

विप्लव नेतृत्वको नेकपाले कार्तिक २० गते काठमाडौँमा सभा गर्ने

images

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले  कात्तिक २० गते काठमाडौंमा सभा गर्ने भएको छ ।  विप्लवले स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौंमा भेट्न आव्हान गरेका छन् ।

महासचिव विप्लवले देशमा व्याप्त भ्रष्टाचार, कमिसनखोरी, तस्करी, दलाल प्रवृत्ति र परजीवी शक्तिहरू समाप्त भए मात्रै राष्ट्रले आत्मसम्मानका साथ उन्नति हासिल गर्ने बताउदै स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौंमा भेट्न आव्हान गरेका हुन् ।

उनले भनेका छन्- 

नेपाललाई अरूले  होइन हामी आफैंले फेर्ने हो। अरूले होइन नेपालीले नै चलाउने हो। जब भ्रष्ट, कमिसनखोर, तस्कर, दलाल, परजीवीहरू समाप्त हुनेछन् देशले आत्मसम्मान सहित उन्नति हासिल गर्नेछ । स्वाधीनता र समाजवादका पक्षमा उभिन कात्तिक २० गते काठमाडौंमा भेटौ साथीहरू ।

 

सोमबार ११ कात्तिक २०८२ ०१:०० PM मा प्रकाशित

प्रतिक्रिया