×

एमाले नेता ऐन महरविरूद्ध पक्राउ पुर्जी जारी

images

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रहरीको साइबर ब्युरोले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । महरविरुद्ध एक महिलाले दिएको निवेदनका आधारमा ब्युरोले पक्राउ अनुमति लिएको बताएको छ ।

महर अनेरास्ववियुको विद्यार्थी राजनीति हुँदै केन्द्रीय सदस्य बनेका हुन् । स्थायी घर बझाङ भएका महर गएको निर्वाचनमा संघीय सांसदका उमेदवारसमेत बनेका थिए । तर, उनी नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता भानुभक्त जोशीसित पराजित भएका थिए । 

बुधबार ११ भदौ २०८२ ०८:२५ PM मा प्रकाशित

प्रतिक्रिया