×

एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

images

काठमाडौँ । नेकपा एमालेको भदौ १३ गतेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार दोस्रो विधान महाधिवेशन तयारीका लागि बोलाएको बैठक स्थगित भएको हो ।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ गते चीन भ्रमणमा जाने भएकाले केन्द्रीय कमिटीको बैठकमा समय दिन सक्ने अवस्था नरहेपछि बैठक स्थगित गरिएको बुझिएको छ ।

प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्किने तालिका रहेको र एमालेको दोस्रो विधान महाधिवशेन ललितपुरको गोदावरीस्थित सनराइज हलमा यही भदौ २० देखि २२ गतेसम्म हुने तालिका रहेको छ ।

महाधिवेशनमा २ हजार १२८ जना प्रतिनिधि र थप २६४ जना आयोजक गरी २ हजार ३९२ जनाको सहभागिता हुने एमालेले जानकारी दिएको छ ।

 

बुधबार ११ भदौ २०८२ ०८:५४ AM मा प्रकाशित

प्रतिक्रिया