×

बन्दीपुर केबलकारको सर्वसाधारणको लागि आइपिओ खुला

images

 काठमाडौँ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणको लागि आइपिओ खुला गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता सेयर आजदेखि खुला गरेको हो । आइपिओमा न्यूनतम १० देखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिनेछ ।

सेयर निष्कासन भदौ १५ गतेसम्म खुला रहनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २५ गतेसम्म बिक्री खुला हुनेछ ।

कम्पनीले हालै आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरूलाई आइपिओ निष्कासन गरेको थियो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली, तनहुँ र गोरखा जिल्लाका आयोजना प्रभावित स्थानीयहरूका लागि सेयर निष्कासन गरिसकेको छ।

कम्पनीको सेयर निष्कासन व्यवस्थापक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

कूल तीन अर्ब ४९ करोड लागत रहेको कम्पनीको चुक्ता पुँजी दुई अर्ब ८३ करोड छ । केयर रेटिङ नेपालले बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेडलाई बिबी (आइएस) रेटिङ दिएको छ । कम्पनीले समयमा वित्तीय दायित्वहरू पूरा गर्न सक्ने आधारमा हेरिएको जोखिम सूचकले मध्यम अवस्था रहेको जनाउँछ ।

२०७६ साउन ४ मा निर्माण शुरु भएको एक किलोमिटर लामो केबलकार बन्दीपुर गाउँपालिका–४ ठुल्ढुङ्गादेखि बरालथोकसम्म पुग्छ ।

बुधबार ११ भदौ २०८२ ०७:४९ PM मा प्रकाशित

प्रतिक्रिया