×

राष्ट्रिय युवा संघको भावी नेतृत्व चयनका लागि मतदान सुरु

images

पोखरा। राष्ट्रिय युवा संघ नेपालको भावी नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। सहमतिको लामो रस्साकस्सी पछि पोखरा सभागृहमा मंगलबार बिहान १०ः०० बजेबाट मतदान सुरु गरिएको हो।

भावी नेतृत्वका लागि निवर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले आ-आफ्नो प्यानल खडा गरेर मैदानमा उत्रिएका हुन्। आज भइरहेको निर्वाचनका लागि ४२ इलेक्ट्रिक मेसिन राखिएको छ भने प्रदेश पिच्छे फरक फरक मतदान बुथ राखिएको छ। थेबे प्यानलबाट  उपाध्यक्षमा क्रमशः महाराज गुरुङ र विनय शाह तथा महासचिवमा महेश चौलागाई उम्मेदवार रहेका छन् भने पुरी प्यानलबाट उपाध्यक्षमा प्रकाश गौतम र पर्वत भण्डारीसहित महासचिवमा कुबेर अधिकारी मैदानमा छन्। 

मतदानका लागि ४५ वटा मेसिन राखिएको छ । मतदान सुरु भएपछि नसकिँदासम्म जारी रहने बताइएको छ । आजै मतगणना सकेर नतिजा सार्वजनिक गर्ने निर्वाचन समितिको तयारी छ । १ हजार ७ सय ५१ जना प्रतिनिधिले मतदान गर्नेछन् । थेबेलाई एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले र पुरीलाई  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समूहले साथ दिएको युवासंघका नेताहरू बताउँछन् ।

मङ्गलबार १४ जेठ २०८२ ११:१० AM मा प्रकाशित

प्रतिक्रिया