×

सार्वभौम,आत्मनिर्भर, समतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि साझा प्रयास आवश्यक- प्रचण्ड

images

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई मतभेदभन्दा माथि उठेर एकताबद्ध हुन अपिल गरेका छन्।

माओत्सेतुङको १३३ औँ जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सार्वभौम,आत्मनिर्भर, समतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि साझा प्रयास आवश्यक रहेको बताएका छन्।

संयोजक दाहालले माओत्सेतुङले देखाएको आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण र जनताको वास्तविक लोकतन्त्र स्थापना गर्ने बाटो आज पनि सान्दर्भिक रहेको उल्लेख गर्दै त्यसै दिशामा अघि बढ्न सबै क्रान्तिकारी शक्तिलाई आग्रह गरेका छन्।

शुक्रबार​ ११ पुस २०८२ १२:२६ PM मा प्रकाशित

प्रतिक्रिया