×

प्रभु बैङ्कका सिइओ अशोक शेरचन छुटे हाजिर जमानीमा

images

काठमाडौँ । प्रभु बैंकका सीईओ अशोक शेरचनलाई रिहा हुने भएका छन् । विशेष सरकारी वकिलको कार्यालयले शुक्रबार उनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको हो । 

विशेष सरकारी वकिल कार्यालयका सूचना अधिकारी सहायक न्यायाधिवक्ता सरिता पोख्रेलले उनलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको जानकारी दिइन् ।  ‘उहाँलाई अब म्याद थप नगर्ने निर्णय भएको हो । उहाँलाई हाजिरी जमानीमा रिहा हुनुहुनेछ’ उनले भनिन् । 

उनी मंसिर १४ गते पक्राउ परेका थिए । २७ दिनको हिरासत बसाइँपछि उनी रिहा भएका हुन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंबाट पक्राउ गरेर हिरासतमा लिएको थियो ।

देवी भट्टचन र कुसुम लामाबीचको विवादका कारण उनी सीआईबीको हिरासतमा पुगेका थिए । शेरचनसहित प्रभु बैंकका अन्य पदाधिकारी र कर्मचारीलाई विशेष सरकारी वकिलको कार्यालयले हाजिर जमानीमा छाडेको हो । गत साता उच्च अदालत पाटनका न्यायाधीशहरू चन्द्रबहादुर सारु र गीताप्रसाद तिम्सिनाको इजलासले ५ दिनभित्र बयान सक्न अन्तिम पटकलाई म्याद थपको अधिकार सरकारी वकिललाई दिएको थियो ।


 

शुक्रबार​ ११ पुस २०८२ ०३:५६ PM मा प्रकाशित

प्रतिक्रिया