काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालयको संख्यामा कटौती गरेकी छन् । प्रधानमन्त्री कार्कीले आफ्नो २० सदस्यीय सचिवालयबाट १४ जनालाई हटाएर ६ जना मात्र कायम राखेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले जानकारी दिएको छ ।
प्रधानमन्त्री कार्कीले आफ्नो श्रीमतीलाई सचिवालयमा नियुक्ति दिएका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई भने हटाएकी छैनन् ।
कार्कीको सचिवालयमा प्रमुख स्वकीय सचिव, मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ गरि ६ जना मात्र रहने भएका छन् ।
प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठले श्रीमती संगीतालाई सचिवालयमा नियुक्ति गरेको सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो ।

प्रतिक्रिया