×

आज दुई मन्त्रीको मात्र शपथ, खगेन्द्र र गणपतिलालको नाम हट्यो

images

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज दुई जना मन्त्रीको मात्र नियुक्ति गर्ने भएकी छन् । यसअघि चार जना मन्त्री नियुक्त गर्ने भनिएपनि आज दुई जनाले मात्र मन्त्रीको शपथ लिने भएका हुन् ।

आज डा. सुधा गौतमले स्वास्थ्य मन्त्रीको र बब्लु गुप्ताले खेलकुद मन्त्रीको शपथ लिने भएका हुन् । यस अघि खगेन्द्र सुनारको नाम मन्त्रीको सुचिमा रहेपनि उनी विरुद्ध विभिन्न अदालतमा मुद्धा रहेकोले उनको नाम फिर्ता लिइएको छ ।

त्यस्तै सांस्कृतिक अभियन्ताको पहिचान बनाएका गणपतिलाल श्रेष्ठलाई भुमि सुधार मन्त्रालयको जिम्मेवारी दिन खोजिएपछि उनले पनि आज शपथ नलिने बताइएको छ ।

हाल सरकारमा प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ति; कानून, न्याय तथा संसदीय मामिला; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषि मन्त्री मदन प्रसाद परियार र सञ्चारमन्त्री जगदीश खरेल रहेका छन् ।

 

आइतबार​ १० कात्तिक २०८२ ०२:३५ PM मा प्रकाशित

प्रतिक्रिया