काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याल मधेश प्रदेश जाने भएका छन् ।
शान्ति सुरक्षाको अवस्था र चुनावका लागि आवश्यक तयारीबारे जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल मधेस प्रदेशको भ्रमणमा जाने भएका हुन् ।
मन्त्री अर्याल सोमबार जनकपुरधाम जाने भएका छन् । उनीसँगै भ्रमणदलमा उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दंगाल पनि रहने छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाबारे बुझ्न उहाँहरु भोलि (सोमबार) जनकपुर प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।
सोमबार र मंगलबार गरी उनी दुई दिन मधेसमा रहने छन् । त्यस क्रममा उनले सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन, सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तर्क्रिया गर्ने बताइएको छ । यस्तै उनी छठसम्बन्धी कार्यक्रममा पनि सहभागी हुने बताएको छ ।
प्रतिक्रिया