काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा लेन्डुप दोर्जेको नियति दोहोरिन नदिन जनता सचेत हुनुपर्ने बताएका छन् ।
लिङदेनले सामाजिक सञ्जाल टिप्पणी गर्दै कतिपय अवस्थामा मानिसहरूलाई आफू प्रयोग भइराखेको जानकारी नहुने भन्दै जनता होसियार बन्नुपर्ने बताएका हुन् ।
उनले लेखेका छन्- 'कतिपय अवस्थामा मानिसहरूलाई म प्रयोग भइराखेको छु भन्ने कुरा थाहा हुँदैन। जसरी लेन्डुप दोर्जेलाई राजासँगै देश सकिँदैछ भन्ने कुरा थाहा भएन । होसियार बन्ने जनताले हो।’
प्रतिक्रिया