काठमाडौँ : काठमाडौँको गौरीघाटमा बागमती नदीले सर्तकता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अहिले केहीबेर अघि गौरीघाट जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जनाइएको छ।
विभागको बाढी पूर्वानुमान महाशाखाले बागमती-मनहरा दोभानसम्मको तटीय क्षेत्रमा सावधानी अपनाउन अनुरोध गरेको छ।
प्रतिक्रिया