हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चार मन्त्रीलाई पदबाट बर्खास्त गरेका छन् । शुक्रबार साँझ मुख्यमन्त्री लामाले राजीनामा दिएको भनिएका चार जना मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री लामाले संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेलाई पदबाट बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री लामाले कांग्रेसकै मन्त्रीहरुलाई पदमुक्त गरेका हुन् ।
चार मन्त्रीहरुसहित २१ काँग्रेस सांसदहरुले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री लामाले मन्त्रीहरुलाई पदबाट हटाएका छन् ।
प्रतिक्रिया