×

सरकारको आगामी आवको नीति तथा कार्यक्रम पारित

images

काठमाडौँ, १३ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राख्नु भएको प्रस्ताव बैठकले बहुमतले पारित गरेको हो । बैठकमा प्रधानमन्त्री दाहालले “राष्ट्रपतिले २०८१ जेठ १ गते मङ्गलबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आव २०८१÷०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक जेठ १५ गते दिउँसो ४ बजे बस्नेछ ।

आइतबार​ १२ जेठ २०८१ ०२:४९ PM मा प्रकाशित

प्रतिक्रिया