काठमाडौं । सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोग र जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ। धरान उपमहानगरका पूर्वमेयरसमेत रहेका साम्पाङले चुनावी प्रचारका क्रममा बालबालिकाको प्रयोग गरेको भन्दै धरान नगर बाल सञ्जालले जिल्ला प्रहरी कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।
बालबालिका ऐनअनुसार राजनीतिक उद्धेश्यका निम्ति बालबालिकालाई कुनै दलले हिडाउन नपाउने उल्लेख छ । तर, साम्पाङले बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा ७ को उपदफा ९७० विपरीत कार्य गरेको उजुरीमा उल्लेख छ । उपदफाअनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका निम्ति प्रयोग गर्न नपाइने व्यवस्था रहेको तर उम्मेदवार त्यसविरुद्ध गएको निवेदनमा उल्लेख छ ।
सञ्जालले सम्बन्धित व्यक्तिमाथि कारबाहीको पनि माग गरेको छ । साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित गराइ यस विषयमा छलफल गरेर आचारसंहिताविपरीत काम गरेकोमा कारबाही गर्न पनि उजुरीमा माग गरिएको छ ।
ऐनमा बालबालिकाको प्रयोग गरेको प्रमाणित भएको खण्डमा एक लाख रुपैयाँसम्मको जरिवाना र उम्मेदवारी दर्ता नै खारेज हुन सक्ने स्पष्ट भनिएको छ ।
प्रतिक्रिया