×

गोकुल बास्कोटाको टिप्पणी- प्रधानमन्त्रीको दुई तिरकै यात्रा स्वर्ण मौका हो, सल्टाउने दम अरुमा छैन

images

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन र भारतको भ्रमण सीमा विवाद मिलाउने स्वर्ण मौका भएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले भ्रमणमा ढुक्कले कुरा गर्ने र सल्टाउने दम अरुमा नभएको बताएका छन् ।

उनले भनेका छन्-

लिम्पीयाधुरा लिपुलेक बारे भारत चीन दुबैको नेपाललाई मतलव नै नराख्ने नीति नेपालका नेता र कुटनीतिज्ञलाई जानकारी नभएको थिएन । अहिले प्रमको दुई तिरकै यात्रा स्वर्ण मौका हो । ढुक्कले कुरा गर्ने र सल्टाउने दम अरुमा छैन । मिचाहालाई एक ईन्च मिच्न दिए एक माईल मिच्छ भन्ने चिनीयाँ उखान छ ।

 

सोमबार ९ भदौ २०८२ ०७:३३ PM मा प्रकाशित

प्रतिक्रिया