×

सुन र चाँदीको मूल्य घट्यो: ४ दिनको लगातार वृद्धिपछि बजारमा गिरावट

images

काठमाडौं– पछिल्लो चार दिनमा निरन्तर बढेर तोलामा १८ हजार ६ सय रुपैयाँले उकालो लागेको सुनको मूल्य आज भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (भदौ ९ गते, मंगलबार) सुन र चाँदी दुवैको भाउमा गिरावट आएको हो।

आज सुन तोलामा ५ सय रुपैयाँले घटेर ३ लाख २२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो (सोमबार) सुन तोलामा ३ हजार २ सय रुपैयाँले बढेर ३ लाख २२ हजार ७ सय रुपैयाँ पुगेको थियो।आज चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँले घटेर ४ हजार ९ सय रुपैयाँमा झरेको छ। हिजो पनि चाँदी तोलामा १० रुपैयाँ घटेर ४ हजार ९ सय ६५ रुपैयाँमा कायम भएको थियो।

 गत सातादेखि नै सुनको मूल्यमा तीव्र वृद्धि भइरहेको थियो। महासंघका अनुसार सुनको भाउ गत आइतबार तोलामा २ हजार ८ सय, शुक्रबार ३ हजार ३ सय र बिहीबार ९ हजार ३ सय रुपैयाँले बढेको थियो।

नेपाली बजारमा हालसम्मकै उच्च मूल्य माघ १५ गते कायम भएको थियो, जस अनुसार सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ र चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँसम्म पुगेको थियो। आजको गिरावटसँगै बजारमा केही सापेक्षित मूल्य समायोजन देखिएको छ।

मङ्गलबार ९ भदौ २०८३ १२:३४ PM मा प्रकाशित

प्रतिक्रिया