×

राज्य व्यवस्था समितिको सभापतिको निर्वाचन भदौं ११ गते हुने

images

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौं ११ गते बुधवार हुने भएको छ ।

सभामुख देवराज घिमिरेले भदौ ११ गते बुधबारका लागि समितिको सभापतिको निर्वाचनको लागि तोकेको संघीय संसद सचिवालयले सुचना प्रकाशित गरेर जानकारी दिएका छन् । 

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कुलिङ पिरियड विवादमा नैतिक जिम्मेवारी लिँदै साउन २७ गते राजीनामा दिएपछि सभापति पद रिक्त रहेको थियो । प्रतिनिधि सभा नियमावली अनुसार सभापतिको पद रिक्त भएको १५ दिनभित्र चयन गरिसक्नुपर्ने नियम गरेको छ ।

 

 

Single Image

सोमबार ९ भदौ २०८२ १२:४७ PM मा प्रकाशित

प्रतिक्रिया