काठमाडौँ । भारतीय राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रायोजकबाट रहेको ड्रीम-११ लाई हटाइएको छ । एसिया कप २०२५ अगाडि, ड्रीम ११ भारतीय क्रिकेट टोलीको प्रमुख प्रायोजकको रूपमा पछि हटेको एनडीटीभीले उल्लेख गरेको छ ।
सेप्टेम्बर ९ देखि सुरु हुने एसिया कपमा भारतीय टोलीको जर्सीमा ड्रीम ११ को ब्रान्डिङ देखिने सम्भावना कम रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।
भारतको संसदबाट अनलाइन गेमिङ विधेयक २०२५ पारित भएपछि यस्तो निर्णय गरिएको बताइएको छ । विधेयकले ड्रीम ११ जस्ता गेमिङ प्लेटफर्महरूलाई प्रतिबन्ध लगाएको छ । ड्रीम ११ ले २०२३ मा भारतीय क्रिकेट कन्ट्रोल बोर्डसँग ५७३ करोडमा तीन वर्षको प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको थियो, जुन २०२६ सम्मको लागि रहेको थियो ।
प्रतिक्रिया