काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोशी नदीमा खसेको जिपलाई गोताखोरको टोलीले फेला पारेको छ । तर त्यो जिपमा सवार तीन जना भने अझै पनि बेपत्ता छन् ।
बेपत्ता हुनेमा भक्तपुरका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षका बलाम घटुवा छन् ।
जिप अबिन बकेले चलाएका थिए । नदीमा खसेको हाइलक्स जिप भेटिएको छ । नदीमा खसेको जिप सशस्त्र र नेपाल प्रहरीको टोलीले निकाल्ने प्रयास भइरहेको सिन्धुलीका एसपी गोविन्द काफ्लेले जानकारी दिए ।
सूर्यविनायक नगरपालिका जगातीमा बस्ने २७ वर्षीय सुशान्त कक्षपति हाम्फालेर बाँचेका छन् । कक्षपतिको टाउको र जिउमा चोट लागेको एसपी काफ्लेले बताए ।
प्रतिक्रिया