×

फ्रान्सले माग्यो अमेरिकी राजदूतसँग स्पष्टीकरण

images

काठमाडौँ । फ्रान्सेली सरकारले फ्रान्सका लागि अमेरिकी राजदूत चार्ल्स कुशनरलाई स्पष्टिकरणका लागि बिलाएको छ ।

कुशनरले फ्रान्सलाई 'यहूदीहरू विरुद्ध बढ्दो घृणाका घटनाहरू रोक्न असफल' भएको आरोप लगाएका थिए । फ्रान्सेली विदेश मन्त्रालयले कुशनरको आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेको छ र उनको टिप्पणीलाई अस्वीकार्य भनेको छ ।

चार्ल्स कुशनर एक यहूदी हुन् र उनको छोराले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्पसँग विवाह गरेका छन् । उनले अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनलाई खुला पत्र समेत लेखेका थिए ।

यसमा कुशनरले गाजामा युद्ध सुरु भएदेखि फ्रान्समा यहूदीहरू विरुद्ध घृणाका घटनाहरू बढेको दाबी गरेका थिए । 

 

सोमबार ९ भदौ २०८२ ०१:१६ PM मा प्रकाशित

प्रतिक्रिया