×

बेदुराम भुसाल नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय सभा संसदीय दलको नेता नियुक्त

images

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय सभा संसदीय दलको बैठक आज सिंहदरबारमा सम्पन्न भएको छ। बैठकले बेदुराम भुसाललाई संसदीय दलको नेता नियुक्त गरेको छ।  

त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ। दलको नेता नारायणकाजी श्रेष्ठ राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेपछि भुसाललाई नियुक्त गरिएको नेकपाले जनाएको छ ।


 

आइतबार​ १२ माघ २०८२ ०३:३१ PM मा प्रकाशित

प्रतिक्रिया