काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि बागमती प्रदेशको राजधानी हेटौंडामा मतदान भइरहेको छ ।
मेयर शाह भने हैटौँडा गएका छैनन् । बालेनको सचिवालयका अनुसार महानगरका नयाँ प्रशासकीय अधिकृतसँग बैठक भएकाले उनी मतदान गर्न नगएका हुन् ।आज दिउँसो ३ बजेसम्म मतदानको समय भए पनि उपप्रमुख सुनिता डंगोल हेटौंडामा पुग्दा बालेन भने काठमाडौंमै छन् ।
प्रतिक्रिया