काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच पार्टी एकताका लागि सहमति भएको छ ।
बुधबार दुवै पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र कमल थापाबीच भएको छलफलपछि एकता गर्ने सहमति भएको हो ।
एकतामा जाने निर्णय भएको राप्रपा नेपालका अध्यक्ष थापाले जानकारी दिएका हुन् ।
पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पूर्वाध्यक्ष थापाले ०७८ माघ २५ गते राप्रपाबाट अलग भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया