×

मौसममा ‘सित्रङ्ग’ को अप्रत्यक्ष प्रभाव

images

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । साथै, पूर्वी नेपालमा बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्र ‘सित्रङ्ग’ को अप्रत्यक्ष आंशिक प्रभाव रहेको छ । हाल प्रदेश १  र मधेस प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहेको छ। 

सोमबार प्रदेश १ र मधेस प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र मधेस प्रदेशका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।  मंगलबार  प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

सोमबार ७ कात्तिक २०७९ १२:५१ PM मा प्रकाशित

प्रतिक्रिया