×

प्यालेस्टाइनलाई राज्यको मान्यता हमासको क्रूरताको पुरस्कार हो- ट्रम्प

images

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्धविराम गराउने प्रयासमा आफू संलग्न रहेको बताएका छन् र वार्ता गर्ने पक्षहरूले यसलाई सम्भव बनाउनुपर्ने बताएका छन् ।

संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्दै ट्रम्पले धेरै शक्तिशाली देशहरूले हालै प्यालेस्टाइनलाई एक राज्यको रूपमा मान्यता दिएको प्रसंग उल्लेख गर्दै यो हमासको क्रूरताको लागि पुरस्कार हुने टिप्पणी गरेका छन् ।

ट्रम्पले शान्ति चाहनेहरूले एउटै सन्देशको पछाडि एकताबद्ध हुनुपर्ने बताउदै अब बन्धकहरूलाई रिहा गर्न हमासलाई आग्रह गरेका थिए । 

उनले संयुक्त राष्ट्र संघको पनि आलोचना गर्दै युद्ध रोक्न वार्ताको क्रममा संयुक्त राष्ट्र संघ आफुहरुको साथमा नरहेको बताए । उनले संयुक्त राष्ट्र संघको उद्देश्य के हो ? भनेर प्रश्न पनि गरेका थिए ।

ट्रम्पले संयुक्त राष्ट्र महासभाको ८० औं सत्रको लागि भेला भएका विश्व नेताहरूलाई आफ्नो युद्ध रोक्ने दाबी दोहोर्‍याए । उनले भने- 'केवल सात महिनामा, मैले सात कहिल्यै नसकिने युद्धहरू रोकें । यी मध्ये दुई ३१ वर्षदेखि चलिरहेका थिए । एउटा ३६ वर्षदेखि चलिरहेको थियो । एउटा २८ वर्षदेखि चलिरहेको थियो । यसमा थाइल्याण्ड र कम्बोडिया, कोसोभो र सर्बिया, कंगो र रुवान्डा, पाकिस्तान र भारत, इजरायल-इरान, इजिप्ट र इथियोपिया, र आर्मेनिया-अजरबैजान समावेश छन् ।'

ट्रम्पले राष्ट्र संघले आफ्नो क्षमतामा पुग्न नसकेको भन्दै आलोचना गरेका थिए ।

बुधबार ८ असोज २०८२ ०७:४७ AM मा प्रकाशित

प्रतिक्रिया