×

सभापति देउवाले बोलाए मन्त्रीसहितको पदाधिकारी बैठक

images

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएका छन् ।

सभापति देउवाले शुक्रबार विहान ९ बजे बुढानीलकण्ठस्थित आफ्नै निवासमा बस्ने गरी पदाधिकारी बैठक बोलाएका हुन् । बैठकमा सरकारमा सामेल रहेका मन्त्रीहरुपनि सहभागी हुने बताइएको छ ।

बैठकमा समसामयिक राजनीति र सरकारका कामको विषयमा छलफल हुने एजेण्डा रहेको छ ।

बिहीबार ९ साउन २०८२ ०९:३१ PM मा प्रकाशित

प्रतिक्रिया