काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असार ७ बाट सञ्चालित हस्ताक्षर अभियान अन्तर्गत हालसम्म साढे २७ लाख हस्ताक्षर संकलन भएको दाबी गरेको छ ।
रास्वपाका प्रवक्ता मनिष झाले अहिलेसम्म कुल २७ लाख ५० हजार ६७७ हस्ताक्षर संकलन भएको जानकारी दिएका हुन् ।
रास्वपाले कोशी प्रदेशबाट २ लाख १३ हजार १०६, मधेस प्रदेशबाट एक लाख ४ हजार ३६०, वागमती प्रदेशबाट ७ लाख १३ हजार ३३१, गण्डकी प्रदेशबाट ५ लाख १२ हजार ९१४, लुम्बिनी प्रदेशबाट २ लाख ५२ हजार ४३१, कर्णाली प्रदेसबाट ७२ हजार १४२ र सुदूरपश्चिम प्रदेशबाट एक लाख १० हजार ५१२ हस्ताक्षर संकलन भएको जनाएको छ ।
त्यसैगरी केन्द्रीय कार्यालयबाट ३६ हजार ५१०, काठमाडौंमा र्याटको व्यवस्थापन बुथबाट ७४ हजार ११३, ह्वास्टएप मार्फत ७ लाख ५५२ र इमेल मार्फत ८३ हजार ५६६ हस्ताक्षर संकलन भएको प्रवक्ता झाले जानकारी दिएका छन् ।
रास्वपाले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै जनताको हस्ताक्षर अभियान चलाइरहेको छ ।
प्रतिक्रिया