×

१० महिनामै १४ खर्ब ३१ अर्ब रुपैयाँको व्यापार घाटा, वैशाखमा १ खर्ब ३७ अर्बको सामग्री आयात

images

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो १० महिनामा नेपालको व्यापार घाटा १४ खर्ब ३१ अर्ब रुपैयाँ नाघेको छ । 

भन्सार विभागका अनुसार साउनदेखि वैशाखसम्म नेपालको व्यापार घाटा १४ अर्ब ३१ अर्ब ३० करोड रुपैयाँ नाघेको छ । १० महिनामा नेपालले १६ खर्ब चार अर्ब ६५ करोड रुपैयाँको वस्तु आयात गरेकोमा एक खर्ब ७३ अर्ब २४ करोड रुपैयाँको मात्रै निर्यात गरेको छ । वैशाख महिनामा नेपालले एक खर्ब ३७ अर्ब ९९ करोड रुपैयाँको वस्तु आयात गरेको छ । चैतमा भने सरकारले एक खर्ब ५७ अर्ब रुपैयाँको सामग्री आयात गरेको थियो । 

देशमा विदेशी मुद्राको अभाव हुँदै गएपछि सरकारले विलासिताका वस्तुको आयातमा कडाइ गरेको छ भने असारसम्मका लागि गाडी र मोटरसाइकल आयातमा रोक लगाएको छ । गएकाे वर्षको १० महिनाको तुलनामा यो वर्षको १० महिनामा आयात २७ दशमलव ९५ प्रतिशतले र निर्यात ५० दशमलव ८० प्रतिशत बढेको छ । समग्रमा १७ खर्ब ७८ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ । 

मङ्गलबार १० जेठ २०७९ ०४:४८ PM मा प्रकाशित

प्रतिक्रिया