राष्ट्रपति विद्यादेवी भण्डारीले भर्खरै सम्पन्न पालिका चुनावले लोकतन्त्रको जग बलियो बनाएको बताउनुभएको छ ।
आज मङ्गलवार संसदमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले चुनावले संविधान र प्रणालीमा सबैको स्वामित्व स्थापित भएको बताउनुभयो ।
यस्तै राष्ट्रपति भण्डारीले सरकारले मित्र राष्ट्रसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएकोमा खुसी व्यक्त गर्नुभयाे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणले मित्र देशसँगको सम्बन्धमा घनिष्ठता थपेको उहाँकाे भनाइ छ ।
प्रतिक्रिया