×

नागढुङ्गामा गाडीको चाप, गाडी एकतर्फी चल्दै

images

काठमाडौंको मुख्य नाका नागढुङ्गामा बिहानैदेखि चापमा गाडी चलिरहेका छन् । नागढुङ्गा–नौबिसे सडक खण्डमा गाडी बिग्रिएकाले यो चाप भएको हो ।

बिहान रात्रि बस काठमाडौं भित्रने भएकाले पनि यो सडक खण्डमा गाडीको लामो लाइन छ । यो नाका हुँदै हरेक दिन सयौँको सङ्ख्यामा सानादेखि हेभी गाडी चल्छन् । 

तर साँघुरो सडक र घुम्तीका कारण एउटा गाडी बिग्रिए पनि जाम हुने गरेको छ । अहिले यो नाकामा एकतर्फी गाडी पास गराइएको ट्राफिक प्रहरीले जनाएको छ ।

मङ्गलबार १० जेठ २०७९ ०२:२१ PM मा प्रकाशित

प्रतिक्रिया